२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल-कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विविध विषयमा गहन छलफल भएको छ।

भेटमा नेता अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिन आग्रह गरे। उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै वैदेशिक लगानी तथा विकास साझेदारीका लागि नेपालमा वातावरण थप सहज र सुरक्षित बन्दै गएको प्रस्ट पारे।

नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै नेता अर्यालले कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि (आईटी) तथा प्राविधिक क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरे। उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका संसद् र सांसदबिच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।

उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवा निगमको सीधा सियोल उडानका लागि सहजीकरण गरिदिन समेत कोरियाली सरकारसँग अनुरोध गरे। नेपाल–कोरिया सम्बन्ध केवल सरकारस्तरमा मात्र सीमित नभई जनता–जनताबिचको सम्बन्धका रूपमा विकसित भइसकेको उनको भनाइ थियो।

सो अवसरमा राजदूत पार्कले नेपाललाई कोरियाले आफ्नो प्रमुख विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीको क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाइसकेका छन् भने ५० हजार नेपाली अहिले पनि त्यहाँ कार्यरत छन्।

नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै राजदूत पार्कले श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार सदैव संवेदनशील रहेको बताए। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई पुन:स्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने विभिन्न कार्यक्रम भइरहेको जानकारी समेत उनले दिए।

राजदूत पार्कले कोरियाली लगानी नेपालमा क्रमशः विस्तार हुँदै गएको र विशेष गरी ऊर्जा क्षेत्रमा ठुलो लगानी भइरहेको बताए। रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । 

0 Comments