२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको स्वीकार गरेका छन्।

संसद्मा आर्थिक सर्वेक्षण २०८२-८३ प्रस्तुत गर्दै उनले मुलुकको आर्थिक अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार विश्व आर्थिक परिदृश्यमै सुस्तता देखिँदै गर्दा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार विस्तार भई करिब ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए। यस अवधिमा राजस्व संकलनमा सुधार देखिएको उल्लेख गर्दै उनले प्रस्तुत सर्वेक्षणका निष्कर्षहरू आगामी बजेटमार्फत सम्बोधन गरिने बताए।

विश्व अर्थतन्त्रको वृद्धिदर पनि सीमित दायरामा रहँदै ३.१ प्रतिशत हाराहारीमा रहने अनुमान गरिएको उनले बताए। नेपालको उपभोक्ता मूल्य सूचकांक (मुद्रास्फीति) ६ प्रतिशतभन्दा माथि रहने प्रक्षेपण गरिएको छ।

प्रदेशगत आर्थिक वृद्धिदरबारे जानकारी दिँदै उनले बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको वृद्धि राष्ट्रिय औसतभन्दा कम रहने उल्लेख गरे।

राष्ट्रिय अर्थतन्त्रको संरचनागत विवरण प्रस्तुत गर्दै अर्थमन्त्रीले कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान दिने तथा बाँकी ७६ प्रतिशत हिस्सा गैरकृषि क्षेत्रबाट आउने बताएका छन्। यस वर्ष प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान गरिएको छ।

ऊर्जा क्षेत्रको प्रगतिबारे जानकारी दिँदै उनले फागुन महिनासम्म देशको विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको र कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच विस्तार भइसकेको उल्लेख गरे।

0 Comments