२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम संस्कृति पार्टीले भन्यो-‘सरकारको राष्ट्रघाती बदनीयत प्रष्ट भयो’

अ+ अ-

काठमाडौँ । भारतसँग सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको प्रष्ट भएको भन्दै आपत्ति जनाएको हो।प्रधानमन्त्रीको अभिव्यक्तिमा सीमा मिचिएको कुरा रफादफा गर्ने बदनीयत देखिएको पनि श्रम संस्कृतिले भनेको छ।

‘सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नु पर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपाले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनीयत प्रष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण भनाइले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थितिलाई गम्भीर रूपमा अस्पष्ट र धुमिल बनाएको आरोपसमेत लगाइएको छ।

‘नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरिब जनताका बस्ती सुकुम्वासी बस्तीमा हमला गर्नमै सीमित राख्दै आएको नेपाल सरकारले सिमानामा सेनालाई चियाउन समेत नपठाउनु बरु उल्टै नेपाल भारतको सीमा धेरै ठाउँहरूमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डता प्रति प्रधानमन्त्री र यो सरकार प्रतिबद्ध नरहेकोप्रति श्रम संस्कृति पार्टी र तमाम नेपाली जनता घोर आपत्ति सहित विरोध व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

0 Comments