२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्ने काँग्रेसको माग कायम

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर आफ्नो पूर्ववत् धारणा दोहोर्‍याउँदै संसद्मा उपस्थित भएर स्पष्टीकरणसहित माफी माग्नुपर्ने माग पुनः अघि सारेको छ।

मंगलबार ढिला गरी सुरु भएको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै काँग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषय भएकाले त्यसलाई सामान्य रूपमा लिन नसकिने बताएका हुन्।

उनले उक्त विषयमा आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने अडान यथावत् रहेको स्पष्ट पारे। काँग्रेसका अनुसार प्रधानमन्त्रीबाट आवश्यक जवाफ नआएसम्म सदन सञ्चालनप्रति आफ्नो असन्तुष्टि कायम रहनेछ।

सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइको आधार र तथ्य सार्वजनिक हुनुपर्ने माग विपक्षी दलहरूले निरन्तर उठाउँदै आएका छन्। तथ्य पुष्टि गर्न नसकिए प्रधानमन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने उनीहरूको धारणा छ।

यता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने विपक्षी दलको उक्त मागप्रति सहमति जनाएको छैन।

आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउनेलगायत विषय समावेश रहेका छन्।

0 Comments