२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठनबारे छलफल

अ+ अ-

काठमाडौँ । नयाँ राजनीतिक दल गठनको तयारीका क्रममा रहेका राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ।

मंगलबार भएको उक्त छलफलमा नयाँ दल निर्माण गर्ने सम्भावनाबारे प्रारम्भिक समझदारी बनेको स्रोतको भनाइ छ। छलफलका क्रममा एक ठाउँमा अघि बढ्ने विषयमा सहमति भए पनि पार्टीको नाम, संरचना तथा संगठन विस्तारको ढाँचाबारे भने विस्तृत गृहकार्यपछि निष्कर्षमा पुग्ने समझदारी भएको बताइएको छ।

राणा हाल नयाँ राजनीतिक दल गठनको तयारीमा सक्रिय रहेका छन् भने प्रसाईँसँगको सहकार्यलाई पनि त्यसै प्रक्रियासँग जोडेर अघि बढाउने योजना रहेको स्रोतले जनाएको छ।

यसबाहेक, तत्काल औपचारिक घोषणा नगरी केही समय प्रतीक्षा गर्ने र धार्मिक रूपमा चलिरहेको मलमास अवधि सकिएपछि राष्ट्रवादी विचारधारामा आधारित नयाँ दल सार्वजनिक गर्ने तयारी रहेको पनि स्रोतको दाबी छ। प्रस्तावित दलमा राजावादी तथा युवा पुस्ता जेन जेडको भावना समेट्ने प्रयास हुने उल्लेख गरिएको छ।

0 Comments