२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिका कामकारबाहीका सम्बन्धमा समन्वय एवं सहजीकरण गर्न सभापति ओजस्वी शेरचनको अध्यक्षतामा आठ सदस्यीय उपसमिति गठन गरेको छ । 

समितिको आजको बैठकले समितिमा रहेका सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी उक्त उपसमिति गठन गरेको हो । 

नवगठित उपसमितिमा सदस्यहरू पुकार बम, प्रभाव ढकाल, महावीर पुन, रिंगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल, लेखजंग थापा र सीता थपलिया छन् । 

बैठकले समितिको कामकारबाहीलाई गतिशील बनाउने उद्देश्यले कार्यक्षेत्रभित्रको विषय अध्ययन गरी प्रतिवेदन पेस गर्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी उपसमितिमा सांसद कामनी कुमारी, चन्द्रमोहन यादव, तोसिमा कार्की, प्रभा ढकाल, रिंगला यादव र लेखजंग थापा, शिक्षासम्बन्धी उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, रमेशकुमार मल्ल र राधिका रम्तेल छन् । 

विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी उपसमितिमा सांसद कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, प्रमीलाकुमारी गच्छदार र महावीर पुन, सूचना तथा सञ्चारसम्बन्धी उपसमितिमा सांसदहरू खुसबु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल तथा खेलकुदसम्बन्धी उपसमितिमा सांसद अच्युतम् लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य छन् । 

उपसमितिलाई प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार विषयगत क्षेत्रमा अध्ययन गर्ने, सो सिलसिलामा सम्बन्धित निकायबाट विवरण माग गर्ने तथा ती निकायका पदाधिकारीलाई उपसमितिमा आमन्त्रण गरी छलफल गर्ने र समितिलाई भएका अधिकार प्रयोग गर्न सक्ने कार्यादेश दिइएको सभापति शेरचनले जानकारी दिइन् । उपसमितिको कार्यविधि छ महिना  छ । 

0 Comments