२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन र तीव्र आर्थिक विकास सरकारको प्राथमिकतामा छ’ : परराष्ट्र मन्त्री खनाल

अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र द्रुत आर्थिक विकासलाई मुख्य कार्यसूची बनाएर अघि बढिरहेको स्पष्ट पारेका छन्।

ललितपुरमा बिहीबार आयोजित विकाससम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धि र परिवर्तनप्रतिको नागरिक अपेक्षालाई सम्बोधन गर्न सबै सरोकारवाला पक्षबीच समन्वय आवश्यक रहेको बताए।

मन्त्री खनालका अनुसार दिगो विकास र राष्ट्रिय रूपान्तरणका लक्ष्य हासिल गर्न परम्परागत कार्यशैलीभन्दा बाहिर निस्केर नयाँ दृष्टिकोण र प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता छ। उनले विकास साझेदारीलाई दीर्घकालीन र परिणाममुखी बनाउनेतर्फ सरकार केन्द्रित रहेको पनि उल्लेख गरे।

उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यलाई राष्ट्रिय हित अनुकूल उपयोग गर्दै नेपालको प्राथमिकता र आवाजलाई क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार सक्रिय रहेको जानकारी दिए।

मन्त्री खनालले नागरिकका आकांक्षा परिवर्तन हुँदै गएको उल्लेख गर्दै ती अपेक्षालाई पूरा गर्न नयाँ ऊर्जा र आधुनिक कार्यशैली आवश्यक रहेको धारणा राखे। उनले सरकार एआइएनसँग सहकार्य विस्तार गर्दै साझा विकास लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको पनि बताए।

त्यस्तै, स्थानीय सरकारलाई सबल बनाइए मात्र सामाजिक संस्थाहरूको कार्य प्रभावकारी हुने भन्दै उनले समन्वयात्मक शासन प्रणालीमा जोड दिए। विकास साझेदार संस्थाहरूले नेपालको दिगो शान्ति, विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

0 Comments