२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमा सम्बन्धी अभिव्यक्तिका विषयमा संसदमा उठेको विवाद समाधानका लागि परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने विकल्पप्रति श्रम संस्कृति पार्टीले असहमति जनाएको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले एउटाले गरेको भनिएको त्रुटिको जिम्मेवारी अर्कोले लिनु उपयुक्त नहुने टिप्पणी गर्दै प्रस्तावित विकल्प अस्वीकार्य भएको धारणा व्यक्त गरेका छन्। उनका अनुसार जिम्मेवार पदाधिकारीले उठेका प्रश्नको प्रत्यक्ष रूपमा जवाफ दिनुपर्ने अभ्यास हुनुपर्ने बताइएको छ।

यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले भारततर्फ पनि भूमि अतिक्रमण गरेको जस्तो अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् र प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण माग गर्दै संसद् अवरोध जारी राखेका छन्।

हाल संसद् अवरोध हटाउनका लागि परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने विकल्पमा केही विपक्षी दल सहमत भए पनि श्रम संस्कृति पार्टीले त्यसमा असहमति जनाएको हो।

0 Comments