२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिबाट राष्ट्र संकटतर्फ गएको बादलको टिप्पणी, समाधानका तीन विकल्प प्रस्तुत

अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आधार बनाएर देश गम्भीर राजनीतिक संकटको अवस्थातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले हालको परिस्थिति आकस्मिक नभई दुई प्रमुख घटनाक्रमबाट उत्पन्न भएको दाबी गरे। उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति नै वर्तमान तनावको सुरुवात बिन्दु हो।

थापाले उक्त अभिव्यक्तिपछि उत्पन्न राजनीतिक तरंग र त्यसपछिका घटनाक्रमलाई जोड्दै परिस्थिति थप जटिल बन्दै गएको बताए। उनले त्यसपछि रास्वपा सभापति रवि लामिछानेको विदेश भ्रमणका क्रममा व्यक्त भनाइले विवादलाई अर्को चरणमा पुर्‍याएको उल्लेख गरे।

उनका अनुसार विगतका राजनीतिक घटनाक्रम, सत्ता परिवर्तनका प्रसङ्ग र संवेदनशील कूटनीतिक टिप्पणीहरूलाई एकसाथ जोडेर हेर्दा वर्तमान संकटको स्वरूप स्पष्ट हुने उनको धारणा छ।

थापाले विगतका विभिन्न राजनीतिक खुलासाहरू र विवादित भनाइहरूलाई पनि उल्लेख गर्दै वर्तमान अवस्थासँग तिनको सम्बन्ध रहेको दाबी गरे। उनका अनुसार यी सबै घटनाक्रम मिलेर राष्ट्रिय राजनीतिक वातावरणमा अस्थिरता सिर्जना भएको छ।

उनले वर्तमान संकटको समाधानका लागि तीन सम्भावित मार्ग प्रस्तुत गरे। पहिलो, प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइ फिर्ता लिई माफी माग्ने, दोस्रो-रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई त्यसो गर्न प्रेरित गर्ने र तेस्रो- सभामुखले विवादित अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउने।

थापाका अनुसार यी विकल्पमध्ये कुनै एक प्रक्रियाबाट विवादको समाधान खोज्न सकिने भएकाले तत्काल राजनीतिक जिम्मेवारीसहित निर्णय आवश्यक रहेको छ।

0 Comments