२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

अ+ अ-

सुनसरी । सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो । 

 कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा ३०० जना सिटी सफारी चालकलाई उक्त पोसाक वितरण गरे । पछिल्ला वर्षहरूमा इटहरी, धरान, विराटनगरलगायत पूर्वका प्रमुख सहरमा ई–रिक्सा (सिटी सफारी)को सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तर, दर्ता, रुट निर्धारण तथा सञ्चालनसम्बन्धी स्पष्ट कानुनी र नीतिगत व्यवस्था नहुँदा यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रहरीका अनुसार चालकको पहिचान सुनिश्चित गर्ने, यात्रुमा विश्वास अभिवृद्धि गर्ने तथा दुर्घटना र आपराधिक गतिविधिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारीसँग सम्बन्धित दुई हजार ७३२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ भने तीन हजार ९७० जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा २२, २०७९र८० मा २४, २०८०/८१ मा ३६ तथा २०८१/८२ मा १५ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेको सङ्ख्या पनि उच्च रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६६८, २०७९/८० मा ७६२, २०८०र८१ मा ५९४ तथा २०८१/८२ मा ७५१ जना घाइते भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक हजार १९५ जना घाइते भएका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०र८१ मा ४४६ तथा २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७०० दुर्घटना भइसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्त्व अझ बढ्दै गएको बताए । सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको उल्लेख गर्दै उनले ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरे ।

उनले क्युआर कोडसहितको चालक पोसाकले चालकको पहिचान स्पष्ट बनाउन सहयोग पुग्ने र यात्रुलाई सुरक्षित यात्राको अनुभूति दिलाउने विश्वास व्यक्त गरे । प्रहरीका अनुसार मोरङबाट सुरुआत गरिएको यो अभियान क्रमशः कोशी प्रदेशका अन्य जिल्लामा विस्तार गरिनेछ ।

0 Comments