२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीले पाए अध्ययन भिसा, भिसा रद्द प्रक्रिया सुरु

अ+ अ-

काठमाडौँ । वाल्मिकी विद्यापीठको नाममा तयार गरिएको नक्कली सिफारिसपत्रका आधारमा आठ विदेशी नागरिकले अध्ययन भिसा प्राप्त गरेको प्रकरण सार्वजनिक भएको छ। अध्यागमन विभागले घटनामा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गर्दै भिसा जारी भइसकेका विदेशी नागरिकको भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

अध्यागमन विभागका अनुसार वाल्मिकी विद्यापीठको पत्र भन्दै तयार गरिएको कागजातका आधारमा १० विदेशी नागरिकका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा अध्ययन भिसासम्बन्धी कागजात पेश गरिएको थियो। मन्त्रालयले २०८३ जेठ २१ गतेको निर्णयका आधारमा ती विदेशी नागरिकलाई अध्ययन भिसा उपलब्ध गराउन अध्यागमन विभागलाई सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा विभागले १० जनामध्ये ८ जनालाई अध्ययन भिसा जारी गरेको जनाएको छ। भिसा प्राप्त गर्नेहरूमा ६ जना चिनियाँ, एक जना दक्षिण कोरियाली र एक जना रुसी नागरिक रहेका छन्। विभागको अभिलेखअनुसार उनीहरू यसअघि विभिन्न समयमा पर्यटक भिसामा नेपाल आउने–जाने गरेका थिए। कतिपय विदेशी नागरिक विगत सात वर्षदेखि नेपाल आवतजावत गर्दै आएको विवरणसमेत अभिलेखमा रहेको विभागले जनाएको छ।

घटना त्यसबेला खुलासा भएको हो जब सिफारिस गरिएका बाँकी दुई विदेशी नागरिकको अध्ययन भिसा जारी गर्ने क्रममा अध्यागमन अधिकारीलाई कागजातप्रति शंका लाग्यो। त्यसपछि सम्बन्धित कागजातको थप परीक्षण तथा सम्बन्धित निकायसँग प्रमाणीकरण गर्दा वाल्मिकी विद्यापीठको नाममा पेश गरिएको पत्र नक्कली रहेको पुष्टि भएको थियो।

नक्कली पत्रमा ती विदेशी नागरिक वाल्मिकी विद्यापीठमा संस्कृत साहित्य विषयको दुई वर्षे आचार्य तहमा अध्ययनका लागि भर्ना भएको उल्लेख गरिएको थियो। तर विद्यापीठले अध्यागमन विभागलाई पत्र पठाउँदै उक्त सिफारिसपत्र आफ्नो संस्थाबाट जारी नभएको, पत्रमा उल्लेख गरिएअनुसार विदेशी विद्यार्थीका लागि त्यस्तो शैक्षिक कार्यक्रम सञ्चालन नगरिएको तथा पत्रमा उल्लेख गरिएका विदेशी नागरिक विद्यापीठमा भर्ना नभएको जानकारी गराएको छ।

घटनामा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी सुबोध शुक्ल र चिनियाँ नागरिक वाङ जिनकाओलाई जेठ २८ गते पक्राउ गरिएको विभागले जनाएको छ। अनुसन्धानका क्रममा चिनियाँ नागरिकले पेश गरेको कागजातमध्ये नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी गरिएको भनिएको संस्कृत साहित्य प्रशिक्षण शुल्कसम्बन्धी आम्दानी भरपाईसमेत बरामद भएको छ।

अध्यागमन विभागका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा शुक्लले यसअघि पनि विदेशी नागरिकलाई भिसा सिफारिससहित नेपाल ल्याउने काम गरेको स्वीकार गरेका छन्। उनले यसअघि गराएका अन्य सिफारिस तथा कागजातहरूको आधिकारिकताबारे समेत थप अध्ययन तथा अनुसन्धान भइरहेको विभागले जनाएको छ।

विभागले अध्ययन भिसा प्राप्त गरिसकेका विदेशी नागरिकको भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। उनीहरूको खोजी, निगरानी तथा थप अनुसन्धानसमेत जारी रहेको जनाइएको छ। अनुसन्धानबाट थप कसुर पुष्टि भएमा सम्बन्धित विदेशी नागरिकमाथि जरिवाना, निष्कासन तथा निश्चित अवधिका लागि नेपाल प्रवेशमा रोक लगाउनेसम्मका कारबाही हुन सक्ने विभागले जनाएको छ। नेपाली नागरिकको हकमा भने सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

यो घटनासँगै अध्ययन भिसाका लागि हुने सिफारिस, कागजात प्रमाणीकरण र सम्बन्धित निकायबीचको समन्वय प्रक्रियामाथि समेत प्रश्न उठेको छ। अध्यागमन विभागले घटनाको सम्पूर्ण पक्षबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

0 Comments