काठमाडौँ । सिंहदरबारभित्र सञ्चालित एक क्याफेमा घुन लागेको चनाको दाल, ओसिएको बदाम तथा फुटेका अण्डा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गरेको छ।
विभागले गरेको अनुगमनका क्रममा क्याफेमा १७ केजी घुन लागेको चनाको दाल, ११ केजी ओसिएको बदाम र १४ वटा फुटेका अण्डा फेला परेको जनाएको छ।
खाद्यवस्तुको गुणस्तर तथा सरसफाइसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि विभागले सम्बन्धित क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको हो।






