२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलो गृह कल सेन्टर सञ्चालनमा, प्रहरीदेखि प्रशासनसम्मका गुनासा अब सिधै गृह मन्त्रालयमा

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझाव संकलन गर्न ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र छिटोछरितो बनाउने उद्देश्यले गुनासो व्यवस्थापन शाखाअन्तर्गत उक्त कल सेन्टर स्थापना गरिएको जनाएको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणले टोल–फ्रि नम्बर १११२, इमेल गुनासो एट मोहा डट जीओभी डट एनपी, मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ र क्यूआर कोडमार्फत गुनासा, उजुरी तथा सुझाव दर्ता गर्न सक्नेछन्।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासम्बन्धी सबै प्रकारका गुनासा कल सेन्टरमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रभावकारी नभएको, सेवाग्राहीका गुनासो सम्बोधन नभएको वा अनावश्यक ढिलासुस्ती भएको विषयमा समेत उजुरी गर्न सकिनेछ।

त्यस्तै, प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न नमानेको, अनुसन्धान वा सेवा प्रवाहमा समस्या भएको तथा सुरक्षासम्बन्धी विषयमा चासो र गुनासा भएमा पनि कल सेन्टरमार्फत जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ।

कुनै व्यक्ति वा समूहले सरकारी काम गरिदिने, फाइल अगाडि बढाइदिने वा सेवा छिटो गराइदिने भन्दै रकम मागेमा त्यसबारे पनि मन्त्रालयमा सिधै उजुरी दिन सकिने व्यवस्था गरिएको छ। यस्ता गतिविधिलाई नियन्त्रण गर्न नागरिकको सूचनालाई महत्त्वपूर्ण आधारका रूपमा लिइने मन्त्रालयको भनाइ छ।

यस्तै, आफू गृहमन्त्रीको सचिवालयमा कार्यरत रहेको, मन्त्रालयसँग पहुँच भएको वा उच्च तहको प्रभाव प्रयोग गर्न सक्ने भन्दै धम्की दिने, दबाब सिर्जना गर्ने वा अनुचित प्रभाव पार्न खोज्ने व्यक्तिहरूबारे समेत जानकारी दिन मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयले प्राप्त गुनासा तथा सुझावका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही तथा सुधारका प्रक्रिया अघि बढाइने जनाएको छ। नागरिक सहभागिता र प्रत्यक्ष गुनासो सुनुवाइलाई संस्थागत गर्दै सेवा प्रवाहमा जवाफदेहिता बढाउने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याइएको मन्त्रालयको भनाइ छ।

Leave a Reply