६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा रासायनिक मलको अभाव

अ+ अ-

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर समस्यामा परेका हुन् । 

माग अनुसार मल आपूर्ति हुँदा अभाव भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा किसानले धान बाली रोप्न थालेका छन् । चैत र वैशाख महिनामा बारीमा छरेको मकैमा युरिया मल राख्ने समय भएको छ । 

मंगला गाउँपालिका–१ कुहुँका किसान इनदेवी मगरले धान रोप्ने र मकै गोड्ने समयमा मल नपाउँदा किसानहरू निराश भएका बताइन् । समयमा युरिया मल छर्न नपाउँदा मकै र धानको उत्पादन घट्ने उनले चिन्ता व्यक्त गरिन्। 

जिल्लामा बर्खेबालीका लागि दुई सय ७८ मेट्रिक्टन युरिया मलको कोटा निर्धारण भएकोमा हालसम्म एक सय १० मेट्रिक्टन मात्र आपूर्ति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डीङ कम्पनी लिमिटेडले ढुवानीको समस्या देखाएर समयमा मल आयात र वितरणको व्यवस्था मिलाउन नसकेका बताए। “इन्धनको मूल्यवृद्धिको कारण देखाएर ढुवानी व्यवसायीले वीरगञ्जबाट मल नल्याएका कारण म्याग्दीका डिलरहरूले किसानलाई वितरण गर्न पाएका हुन्,” उनले भने “जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिलर, कृषि र खाद्य सामग्री, कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखा प्रमुखहरूको बैठकले आगामी बुधवार भित्र मल आपूर्ति र वितरण सहज बनाउने निर्णय गरेको छ ।” 

म्याग्दीको तीन हजार आठ सय ८५ हेक्टरमा धान र नौ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । 

0 Comments