२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगीको अभियोगमा तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु. २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई  पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टंकबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

उनले भने, “पक्राउ परेकामध्य पराजुलीले न्यूजील्यान्ड पठाउने भन्दै रु. १६ लाख ६५ हजार, खड्काले लिथुआनिया पठाउने भन्दै रु. पाँच लाख तथा पोदारले बेलायत पठाउने भन्दै रु. दुई लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए।

बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ 
बैंकिङ कसुर मुद्दाका दुई जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–९ का ५६ वर्षीय माधव श्रेष्ठ तथा तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई टोखा नगरपालिका–९ तथा  जिल्ला अदालत काठमाडौँको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा बिगोबापत एक महिना १५ दिन कैद सजाय र रु. दुई लाख २५ हजार जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए । 

0 Comments