६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठ महिनामा एक हजार ३६ जना लागू औषध कारोबारमा संलग्न पक्राउ 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६ जना लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेस प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट ४६, लुम्बिनी प्रदेशबाट १८२, कर्णाली प्रदेशबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागू औषध नियन्त्रण ब्यूरोले ५० जना पक्राउ गरेको हो ।

सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागू औषध बरामद गरेको छ । लागू औषध कारोबारलगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीले प्रभावकारी रूपमा कदम चाल्दै आएको  छ । 

यस्तै, प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले १७, काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३२६, कोशी प्रदेशबाट  ३०५, मधेस प्रदेशबाट ५३९, बागमती प्रदेशबाट ३६०, गण्डकी प्रदेशबाट १३२, लुम्बिनी प्रदेशबाट ३२०, कर्णाली प्रदेशबाट ६३ तथा सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ परेका थिए ।

कर्तव्य ज्यान, लागू औषध, जबरजस्ती करणी, बैकिंङ कसुर, ठगीलगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

0 Comments