१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

अ+ अ-

कञ्चनपुर । लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । भू-जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न थालेपछि स्थानीयवासी दैनिक उपभोगका लागि पानी जुटाउन संघर्ष गर्न बाध्य भएका छन् ।

वेदकोट नगरपालिकाको धरमपुर, बगुन, बैतडा, च्वाँगगढ फाँटा, मल्ला बैतडा, सुनार टोल, मल्लो बगुन तथा आसपासका बस्ती, शुक्लाफाँटा नगरपालिकाका धारापानी, बेलडाँडी, मणिकाधाम, बर्रेगडा तथा दक्षिणी क्षेत्रका बस्ती, साथै कृष्णपुर र भीमदत्त नगरपालिकाका चुरे क्षेत्र आसपासका बस्तीमा खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

वेदकोट नगरपालिका–४ का राजुराम भुल (सार्की) का अनुसार केही महिनाअघिसम्म पर्याप्त पानी दिने ह्यान्डपम्प र बोरिङको पानीको सतह घटेपछि कतिपयमा पानी आउन छाडेको छ भने कतिपयमा अत्यन्तै कम मात्रामा पानी आउने गरेको छ ।

“चुरे क्षेत्रबाट बग्ने खोला, नदी र साना मुहानको पानी पनि घट्दै गएको छ,” उनले भने, “खानेपानी जुटाउनै कठिन भएको छ भने पशुचौपायालाई पानी खुवाउन पनि समस्या परेको छ ।”

उनका अनुसार पानीको अभावले सरसफाइमा समेत असर परेको छ । जसका कारण पानीजन्य तथा सङ्क्रामक रोग फैलिने जोखिम बढेको छ । विद्युत् आपूर्ति अनियमित हुँदा सिँचाइका लागि जडान गरिएका विद्युतीय मोटर प्रभावकारी रूपमा सञ्चालन हुन  नसकेको उनको गुनासो रहेको छ । 

शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीको बस्ती धारापानीका साइमले धामीले खोलाको पानी नै मुख्य स्रोत भएकाले पानीको सतह घट्दै जाँदा चिन्ता बढेको बताए। “खोलामा अहिले निकै कम पानी बगिरहेको छ,” उनले भने, “छिट्टै वर्षा नभए केही दिनमै खोला सुक्ने अवस्था आउन सक्छ, त्यसपछि खानेपानीका लागि टाढासम्म जानुपर्ने बाध्यता हुन्छ ।”

खानेपानीको अभावसँगै कृषि क्षेत्र पनि प्रभावित भएको छ । धान रोप्ने मुख्य समयमा पर्याप्त वर्षा नहुँदा किसानहरू चिन्तित भएका छन् । शुक्लाफाँटा नगरपालिका–३ का किसान प्रकाश चौधरीले बोरिङबाट सिँचाइ गरेर रोपाइँ गरिए पनि अहिले त्यसबाट समेत पर्याप्त पानी नपरेको बताए।

“बोरिङको पानी घट्दै गएको छ,” उनले भने, “यही अवस्था रहे बोरिङ सुक्ने डर छ, रोपिएका धान पानीको अभावमा ओइलिन थालेका छन् भने रोपाइँ हुन नसकेका खेतका बेर्ना पनि बिग्रिने अवस्थामा पुगेका छन् ।” उनका अनुसार रोपाइँ गरेका धेरै खेतमा सिँचाइको अभावमा चिरा परिसकेको छ ।

वातावरणको क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका पुनाराम चौधरीका अनुसार चुरे क्षेत्रका पानीका स्रोत बर्सेनि घट्दै जानु, वन विनाश, अनियमित वर्षा, जलवायु परिवर्तनको प्रभाव र अत्यधिक गर्मीका कारण समस्या झन् जटिल बन्दै गएको हो । वर्षायाम सुरु भइसके पनि पर्याप्त वर्षा नहुँदा भू–जल पुन:भरण हुन नसकेको उनको भनाइ छ ।

खानेपानीको अभाव हुँदा सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बिरामी र अपाङ्गता भएका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।

0 Comments