१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चको कमजोर कार्यसम्पादनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले चालु आर्थिक वर्षमा हालसम्म पुँजीगत खर्च ३५ प्रतिशतसम्म पनि पुग्न नसकेको स्वीकार गर्दै आगामी वर्षमा यस्तो अवस्था दोहोरिन नदिने बताएका हुन्।

उनका अनुसार पुँजीगत खर्च प्रभावकारी रूपमा बढाउन सकिए त्यसको सकारात्मक प्रभाव राजस्व परिचालनमा समेत पर्नेछ। विकास खर्चको कार्यान्वयन सुदृढ हुँदा आर्थिक गतिविधि विस्तार भई राजस्व संकलनमा समेत सुधार आउने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमार्फत विभिन्न संरचनात्मक सुधारका उपाय समेटिएको उल्लेख गर्दै ती व्यवस्थाको परिणाम आगामी वर्षदेखि क्रमशः देखिन सुरु हुने विश्वास व्यक्त गरे।

उनले हालको सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको प्रसंगसमेत उल्लेख गरे।

त्यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएका समता शुल्कबारे उठेका चासोप्रति प्रतिक्रिया दिँदै उनले उक्त व्यवस्था न्यून आय भएका तथा आम नागरिकलाई प्रत्यक्ष रूपमा असर नपर्ने आफ्नो अडान पुनः दोहोर्‍याए।

0 Comments