काठमाडौँ । आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्।
प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए। उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






