२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई उद्योगमा सरकारी प्रत्यक्ष लगानीको अवस्था नरहेको पर्यटन मन्त्री पौडेलको भनाइ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगमा सरकारले तत्काल प्रत्यक्ष लगानी गरेर अघि बढ्ने अवस्था नरहेको बताएका छन्। 

उनले हवाई क्षेत्रको दिगो विकासका लागि सरकार सम्बन्धित सरोकारवालासँग सहकार्य र नीतिगत छलफललाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा व्यक्त गरेका छन्।

सोमबार मन्त्रालयमा आयोजित ‘नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवाद कार्यक्रममा मन्त्री पौडेलले नेपालको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि हवाई क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताए।

उनका अनुसार मुलुकको पर्यटन उद्योगको विस्तार हवाई सेवाको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसैले हवाई उद्योगलाई सशक्त नबनाई पर्यटन क्षेत्रको अपेक्षित विकास तथा समग्र राष्ट्रिय उन्नति हासिल गर्न कठिन हुने उनले उल्लेख गरे।

मन्त्री पौडेलले नेपालमाथि युरोपेली संघ (ईयू) को आकाशमा उडानसम्बन्धी लगाइएको प्रतिबन्ध हटाउने प्रयास जारी रहेको पनि बताए। यसका लागि सरकारले आवश्यक नीतिगत, कानुनी तथा उड्डयन सुरक्षासम्बन्धी मापदण्ड पूरा गर्ने दिशामा काम गरिरहेको उनको भनाइ थियो।

उनले नेपालको पर्यटन क्षेत्रको विकासलाई गति दिन हवाई उद्योगको भूमिका निर्णायक रहने उल्लेख गर्दै यस क्षेत्रको दीर्घकालीन सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको बताए।

0 Comments