काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखहरूको सरुवा गरेको छ ।
आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको हो ।
सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असईसम्म समावेश गरिएका छन् ।






