६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको निर्वाचित केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ५१ प्रतिशत

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ५१ प्रतिशत पुगेको छ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूमध्ये निर्वाचित केन्द्रीय समितिमा आधाभन्दा बढी महिला प्रतिनिधित्व भएको यो पहिलो अवस्था भएको पार्टीले जनाएको छ।

पार्टी विधानले केन्द्रीय समितिमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि महाधिवेशनको निर्वाचन परिणामले त्यसभन्दा बढी सहभागिता देखाएको छ। निर्वाचनबाट चयन भएका ९९ केन्द्रीय सदस्यमध्ये ५० जना महिला निर्वाचित भएका छन्। उनीहरूमध्ये २६ जना प्रदेशतर्फ र २४ जना राष्ट्रियतर्फबाट केन्द्रीय समितिमा पुगेका हुन्। विधानअनुसार निर्वाचित सदस्यमध्ये कम्तीमा ३३ महिला भए पर्याप्त हुने व्यवस्था रहे पनि निर्वाचन परिणामले उक्त न्यूनतम सीमा पार गरेको छ।

प्रदेशगत रूपमा हेर्दा बागमतीबाट निर्वाचित हुने सबै पाँच केन्द्रीय सदस्य महिला रहेका छन्। त्यस्तै, कोशी, मधेस, लुम्बिनी र कर्णालीबाट चार–चार जना तथा गण्डकी र सुदूरपश्चिमबाट तीन–तीन जना महिलाले निर्वाचन जितेका छन्।

राष्ट्रिय खुला समूहअन्तर्गत पनि नौ महिला उम्मेदवार निर्वाचित भएका छन्। यस समूहबाट सोविता गौतम, डा. तोसिमा कार्की, रञ्जु दर्शना, समीक्षा बास्कोटा, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, गीता चौधरी र लिमा अधिकारी निर्वाचित भएका छन्।

रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था छ। यसमध्ये ९९ जना निर्वाचनबाट चयन हुने, ५१ जना सभापतिले मनोनयन गर्ने तथा सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहने प्रावधान छ। विधानले समग्र केन्द्रीय समितिमा कम्तीमा एकतिहाइ अर्थात् ५३ जना महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।

हाल निर्वाचित ५० महिलापछि सभापतिले मनोनयन गर्ने सदस्यहरूमध्ये कम्तीमा तीन जना महिला समेटिएमा विधानले तोकेको न्यूनतम प्रतिनिधित्व पूरा हुनेछ। यद्यपि, मनोनयनबाट थप महिला समावेश हुने अपेक्षा गरिएको छ।

पदाधिकारी संरचनामा पनि महिलाका लागि निश्चित प्रतिनिधित्वको व्यवस्था गरिएको छ। महिला कोटाअन्तर्गत उपसभापतिमा सोविता गौतम तथा सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका छन् भने अन्य पदाधिकारीमा पुरुष उम्मेदवार विजयी भएका छन्।

0 Comments