१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सीमासम्बन्धी बाँकी विवाद कूटनीतिक संवादबाट समाधान गर्ने सरकारको नीति’ : परराष्ट्र मन्त्री खनाल

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारतबीच सीमासम्बन्धी अधिकांश प्राविधिक कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका विवादित क्षेत्रका विषय पनि द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधान गर्ने सरकारको नीति रहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रमा भने दुवै देशका प्राविधिक टोलीबाट हालसम्म सीमांकन सम्पन्न नभएको बताए।

उनले ती भू-भाग नेपालको अभिन्न हिस्सा रहेको सरकारको धारणा पुनः दोहोर्‍याउँदै त्यसका पक्षमा ऐतिहासिक दस्तावेज, प्रमाण तथा नक्सा उपलब्ध रहेको उल्लेख गरे।

मन्त्री खनालका अनुसार उल्लिखित क्षेत्रबाहेक अन्य स्थानमा सीमा नापजाँचसँग सम्बन्धित द्विपक्षीय प्राविधिक संयन्त्रले कामलाई निरन्तरता दिइरहेको छ।

उनले नेपालसँग रहेका ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग देखिएका मतभेद कूटनीतिक माध्यमबाट टुंग्याउने प्रयास भइरहेको जानकारी दिए। यस विषयमा भारतीय समकक्षीसँगको भेटवार्ताका क्रममा पनि नेपालको धारणा स्पष्ट रूपमा राखिएको उनले बताए।

मन्त्री खनालले नेपाल र भारतबीच केही विषयमा दृष्टिकोण फरक हुनु अस्वाभाविक नभए पनि त्यसको समाधान ऐतिहासिक प्रमाण र आपसी संवादका आधारमा खोजिनुपर्ने सरकारको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन्।

0 Comments