१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री र अष्ट्रेलियाका राजदूतबीच विकास साझेदारी तथा डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ। 

मन्त्रालयमा भएको भेटमा नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण, संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने विषयमा विशेष छलफल भएको थियो।

मन्त्री तिमिल्सिनाले नेपाललाई अस्ट्रेलियाले निरन्तर उपलब्ध गराउँदै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। साथै, अस्ट्रेलियामा अध्ययनका लागि नेपाली विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै यसको दायरा विस्तार गरी थप विद्यार्थीलाई अवसर उपलब्ध गराउन आग्रह गरे।

हुलाक सेवाको आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले अस्ट्रेलियाले विकास गरेको आधुनिक, प्रभावकारी र प्रविधिमैत्री हुलाक प्रणालीका अनुभव तथा असल अभ्यास नेपालमा उपयोग गर्न प्राविधिक सहयोगको आवश्यकता औँल्याए।

डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवा प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा डिजिटल सेवाको पहुँच बढाउने दिशामा सरकार सक्रिय रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यस क्षेत्रमा समेत अस्ट्रेलियाको सहकार्य अपेक्षित रहेको बताए।

उनले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै स्वतन्त्र प्रेस लोकतान्त्रिक शासन व्यवस्थाको आधार भए पनि पत्रकारिता जिम्मेवार, तथ्यमा आधारित, उत्तरदायी र व्यावसायिक हुनुपर्नेमा जोड दिए। पत्रकारको क्षमता विकास, डिजिटल पत्रकारिता, नयाँ प्रविधिको प्रयोग तथा तथ्य परीक्षणसम्बन्धी सीप अभिवृद्धिमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी पनि उनले दिए।

भेटवार्तामा शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानमार्फत नेपाल र अष्ट्रेलियाबीचको जनस्तरीय सम्बन्ध थप सुदृढ बन्दै गएको विषयमा पनि छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले यी क्षेत्रहरूमा सहकार्य अझ विस्तार गर्ने सरकारको अपेक्षा रहेको बताए।

राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने धारणा राखे। उनले लोकतान्त्रिक मूल्यका रूपमा अभिव्यक्ति तथा विचार स्वतन्त्रताको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय गलत सूचना र दुष्प्रचार बढ्दो चुनौतीका रूपमा देखिएकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि सबै सरोकारवालाबीच समन्वित प्रयास आवश्यक रहेको बताए।

राजदूत अन्स्र्टले संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

0 Comments