काठमाडौँ । नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेकी डोल्पाको ताङसोङ–१ निवासी एक महिलाको उद्धार गरेको छ।
महिला, बालबालिका, लैंकिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागी सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत बुधवार उद्धार गरिएको हो।
महिलालाई जटिल प्रसूति समस्या भएकोले थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइएको सेनाले जनाएको छ।






