१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट संशोधनको मागमा प्रतिपक्षीको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

अ+ अ-

काठमाडौँ । बजेटमा संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका सांसदले निरन्तर अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

बिहीबार बसेको प्रदेश सभा बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीका सांसदले बजेटप्रति असहमति जनाउँदै बैठक सञ्चालन हुन नदिएका हुन्।

बैठकमा धारणा राख्दै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले ठूलो आकारको बजेट प्रस्तुत गर्ने दाबी गरे पनि व्यवहारमा साना तथा छरिएका योजनामै केन्द्रित बजेट ल्याएको आरोप लगाए। उनले यस्तो बजेटले संघीय शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाउने दाबी गर्दै बजेट परिमार्जन नभएसम्म दुवै प्रतिपक्षी दलले सदन सञ्चालन हुन नदिने अडान दोहोर्‍याए।

त्यसैगरी, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेटमा आवश्यक संशोधन गर्न वा त्यससम्बन्धी विषयमा छानबिन समिति गठन गर्नुपर्ने माग राखे। यीमध्ये कुनै एक प्रक्रिया अघि बढेपछि मात्रै प्रदेशसभा बैठक सञ्चालन गर्न सहमत हुने उनको भनाइ थियो।

प्रतिपक्षी सांसदको अवरोध कायम रहेपछि सभामुख रामअशिष यादवले प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको घोषणा गरे।

यसअघि बुधबार बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक पनि यही विषयलाई लिएर भएको अवरोधपछि प्रारम्भिक रूपमा १० मिनेटका लागि स्थगित गरिएको थियो।

0 Comments