१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण : दुई पक्राउ, मुख्य आरोपितसहित अन्यको खोजी जारी

अ+ अ-

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ भने मुख्य आरोपितसहित अन्य संलग्न व्यक्तिको खोजी भइरहेको प्रशासनले जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग कुरा गर्दै घटनामा संलग्न भएको भनिएको गाडी धादिङको गजुरीबाट नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षा निकाय परिचालन गरी खोजी कार्य तीव्र बनाइएको थियो।

“गाडी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ। मुख्य व्यक्तिसहित अन्य संलग्नको खोजी भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

यसअघि बिहीबार बिहान इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी केही व्यक्तिले सामूहिक रूपमा कुटपिट गरेका थिए। घटनापछि उनी घाइते भई इच्छाकामना आधारभूत अस्पतालमा उपचाररत छन्।

बस्नेतका अनुसार आक्रमणकारीमध्ये एक जना निर्माण व्यवसायी रहेका छन्। खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट पक्षमा फैसला पाएपछि त्यसको रिसइबी साँध्न आफूलाई आक्रमण गरिएको उनले बताएका थिए।

उनले आक्रमणका क्रममा ज्यान तथा परिवारलाई समेत धम्की दिइएको दाबी गरेका छन्। “हामीलाई मुद्दा किन हराइस् भन्दै कार्यकक्षमै आएर कुटपिट गरे र परिवारलाई समेत जे पनि गर्न सक्ने धम्की दिए,” उनको भनाइ थियो।

घटनापछि प्रहरीले कुटपिट, धम्की तथा घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गरी पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। प्रशासनका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

0 Comments