१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वदेशमै रोजगारी विस्तार मन्त्रालयको प्राथमिकता’ : मन्त्री यादव

अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै देशभित्रै रोजगारीका अवसर विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वदेश फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा युवा उद्यमी र व्यवसायीलाई सहजीकरण गर्ने दिशामा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै सफल उद्यम सञ्चालन गरिरहेका व्यक्तिलाई मन्त्रालयले राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरेको थियो। यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार मोरङस्थित ‘प्रशंसा हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई प्रदान गरिएको छ। कतारबाट फर्किएपछि मौरीपालन व्यवसायमा संलग्न राईले स्वदेशमै परिश्रम गरे आयआर्जनका पर्याप्त सम्भावना रहेको अनुभव सुनाए।

त्यस्तै, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई पनि उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा बालश्रममुक्त घोषणा गरेका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो। सम्मानित हुने स्थानीय तहमा काठमाडौँको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगंगा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगंगा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिका रहेका छन्।

यसैगरी, श्रमिकमैत्री मापदण्ड पूरा गरेका छ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई पनि मन्त्रालयले सम्मान गरेको छ। सम्मानित हुनेमा नवजीवन अस्पताल प्रालि, होङ्सी शिवम् सिमेन्ट, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड र मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रमिकको अधिकार संरक्षण, रोजगारीको अनुकूल वातावरण निर्माण तथा बालश्रममुक्त समाज स्थापनाका लागि मन्त्रालयले निरन्तर काम गर्दै आएको बताए। उनले यी तीनै विषय परस्पर सम्बन्धित भएकाले सुधारका प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गरे।

0 Comments