१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना, चालक नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-१७ स्थित मुस्ताङचोकमा विद्यालयको भ्यान दुर्घटना हुँदा दुई विद्यार्थी सामान्य घाइते भएका छन्। घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान सडक छेउको बिजुलीको पोलमा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा पोखरा महानगरपालिका-६, दिगोपाटन निवासी १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा तथा पोखरा महानगरपालिका-१८, सेदी निवासी १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको उपचार जारी रहेको जनाइएको छ।

घटनापछि सम्पर्कमा नरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका-२ निवासी ५२ वर्षीय चालक बलराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको देखिएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

0 Comments