१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किएभमा रुसी आक्रमण : मृत्यु हुनेको संख्या ३० पुग्यो

अ+ अ-

किएभ ।  युक्रेनको राजधानी किएभमा भएको रुसी आक्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताएका छन् ।

यसैबिच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजत पत्रका लागि दबाब दिएका छन् ।

संयुक्त राष्ट्रसंघका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रुसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गरेका छन् । नागरिक र नागरिक पूर्वाधार माथि आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उनले यसलाई तुरुन्तै रोक्नुपर्ने बताएको उनका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् ।

यद्यपि, क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दाबी गर्दै किएभ माथि दबाब बढाउने प्रतिवद्धता गरेको छ । सहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रुसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षा पछि विस्फोटको प्रतिध्वनित हुन थालेको जनाइएको छ ।

मेयर भिटाली क्लिट्स्कोले यसलाई राजधानीमा रुसको सबैभन्दा ठुलो आक्रमण भनेर वर्णन गरेका छन् । युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताएका छन् । रेडक्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमाएको बताएको छ ।

आक्रमणले कूटनीतिज्ञहरू बस्ने भवनलाई पनि क्षति पुगेको बताउँदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञहरू भने सुरक्षित रहेको उल्लेख गरेकी छन् ।

क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताएका छन् । किएभले आफ्ना सहयोगीहरूलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ ।

युक्रेनले अमेरिकामा निर्मित “मिसाइल इन्टरसेप्टर” प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञहरूले घरेलु रूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् ।

युरोपेली संघका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताएका छन् । आसन्न रुसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरे पछि यो आक्रमण भएको हो ।

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समयदेखि युक्रेन विरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको बताएका थिए ।

0 Comments