१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामी विरुद्ध गलत प्रचार भयो’- ओली

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टी विरुद्ध गलत प्रचार भइरहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले बागमती प्रदेशको आयोजनामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सफलताका साथ अगाडि बढेको बेला गलत तवरले प्रचार आक्रमण भएको टिप्पणी गरे।

“हामीले पार्टीमा समय–समयमा ठूला धक्काहरू बेहोरेका छौँ । असफलताहरू पनि भोग्नुपरेको छ । हामीलाई रोक्न अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौँ,” उनले भने ।

अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताका लागि अहिले फेरि एउटा परीक्षाको घडी जस्तै अवस्था आएको उल्लेख गर्दै कार्यकर्ताको आँट र भरोसाले फेरि पार्टी उठ्ने बताए । उनले समय गतिशील र परिवर्तनशील रहेकाले पार्टी फेरि पनि उठाउने बताए ।

“पार्टी सफल वा असफल हुँदा नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिन्छु । तर पार्टीले अप्ठ्यारो परेर धक्का खायो भने अध्यक्ष एक्लैको जिम्मेवारी हुँदैन,” उनले भने, “पार्टी विरोधीसँग मिलेर नचाहिने खालका गतिविधि गर्न उपयुक्त हुँदैन ।”

कार्यक्रममा एमाले सचिव महेश बस्नेतले पार्टी जागरण अभियानबाट पार्टीलाई पुनः पहिलेकै अवस्थामा फर्काइने बताए । उनले पार्टी पुनर्गठन तत्कालका लागि नहुने स्पष्ट पार्टी जागरण अभियानबाट नै पार्टी बलियो हुने बताए । 

0 Comments