२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजश्व र भन्सार विभागको महानिर्देशकमा भुसालद्वय 

अ+ अ-

अर्थ मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजश्व विभागको नेतृत्व परिवर्तन गर्दै सहसचिव यमलाल भुसाल र डा. भीष्मकुमार भुसाललाई महानिर्देशक नियुक्त गरेको छ। हालै अर्थ मन्त्रालयमा सरुवा भएका अधिकारीलाई प्रमुख जिम्मेवारी दिइएको हो।

काठमाडौँ । अर्थ मन्त्रालयले आफ्नो मातहतका दुई प्रमुख राजस्व निकायको नेतृत्व परिवर्तन गर्दै भन्सार विभाग र आन्तरिक राजश्व विभागमा नयाँ महानिर्देशक नियुक्त गरेको छ। मन्त्रालयले सोमबार(आज) गरेको निर्णयअनुसार दुवै विभागमा सहसचिव तहका अधिकारीलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।

मन्त्रालयका अनुसार भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी सहसचिव प्रेमप्रसाद आचार्यलाई दिइएको मन्त्रालयले जनाएको छ।

यस्तै, आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्। यसअघि विभागको नेतृत्व सम्हालिरहेका रमेश अर्याललाई पनि अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ जिम्मेवारी पाएका सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य हालै मन्त्रिपरिषद्को निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन्। सरुवापछि उनीहरूलाई मन्त्रालयअन्तर्गतका प्रमुख राजस्व निकायको नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो।

भन्सार विभाग र आन्तरिक राजश्व विभाग सरकारका प्रमुख राजस्व संकलन गर्ने निकाय हुन्। भन्सार विभागले आयात–निर्यातसँग सम्बन्धित राजस्व व्यवस्थापन तथा भन्सार प्रशासनको जिम्मेवारी सम्हाल्दै आएको छ भने आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्त:शुल्कलगायत आन्तरिक राजस्व व्यवस्थापनको काम गर्दै आएको छ।

मन्त्रालयले गरेको नेतृत्व परिवर्तनसँगै दुवै विभागमा राजस्व प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। सरकारले राजस्व परिचालन सुदृढ गर्ने तथा प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यअनुसार नेतृत्व हेरफेर गरिएको मन्त्रालयको भनाइ छ।

0 Comments