२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थबाट चार सहसचिव बाहिरिँदा तीन जना भित्रिए, दुई प्रधानमन्त्री कार्यालयबाट

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयबाट चार जना सहसचिव बाहिरिँदा तीन जना नयाँ सहसचिव भित्रिएका छन्। सरकारले १५ जना सहसचिवको सरुवा गर्ने निर्णयसँगै श्यामप्रसाद भण्डारी, रमेश अर्याल, भरतमणि पाण्डे र गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयबाट अन्यत्र सरुवा गरेको हो। उनीहरूको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भीष्मकुमार भुसाल र यमलाल भुसाल तथा युवा, श्रम तथा रोजगार मन्त्रालयबाट प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा ल्याइएको छ।

सरकारको यो निर्णयसँगै लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएका आन्तरिक राजस्व विभाग र भन्सार विभागले अब स्थायी महानिर्देशक पाउने भएका छन्। हाल आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकका रूपमा रमेश अर्याल र भन्सार विभागको निमित्त महानिर्देशकका रूपमा भरतमणि पाण्डे कार्यरत थिए।

यसअघि भन्सार विभागका तत्कालीन महानिर्देशक श्यामप्रसाद भण्डारीलाई इभी प्रकरणपछि अर्थ मन्त्रालय तानिएसँगै उपमहानिर्देशक पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो। त्यसैगरी आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक मदन दाहालको कामकारवाहीमा केही कैफियत भेटिएको आशंकासँगै प्रदेश पठाइएसँगै उपमहानिर्देशक अर्यालले कायममुकायम महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

अर्थ मन्त्रालयअन्तर्गतका यी दुई विभाग नेपाल सरकारका सबैभन्दा महत्वपूर्ण र प्रभावशाली विभागमध्ये मानिन्छन्। तर पछिल्ला केही दशकयता अपेक्षाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न नसकेको टिप्पणी हुँदै आएको छ। विशेषगरी निजामती प्रशासनमा ‘मालदार’ अड्डाका रूपमा चिनिने यी विभागमा सरुवा–पोस्टिङमा हुने चलखेल(मोलमोलाई), राजनीतिक तथा दलगत निकटताका आधारमा हुने नियुक्ति र जिम्मेवारी व्यवस्थापनका कारण विवाद दोहोरिने गरेको तथा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन नसकेको गुनासो कर्मचारी वृत्तमै सुनिँदै आएको छ।

विषयगत दक्षताभन्दा अरु नै आधारलाई प्राथमिकता दिँदा यी विभागको संस्थागत छविमा समेत असर परेको टिप्पणी हुने गरेको छ। अब नयाँ नेतृत्वले आन्तरिक राजस्व र भन्सार प्रशासनमा कस्तो कार्यसम्पादन गर्छन् र त्यसको परिणाम कस्तो देखिन्छ भन्ने मूल्याङ्कनका लागि भने केही समय पर्खिनुपर्ने देखिन्छ।

0 Comments