२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा अपांगता भएका सेवाग्राही र कर्मचारीलाई सहज पहुँच

अ+ अ-

सिंहदरबारभित्र सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक, अपांगता भएका सेवाग्राही तथा सरकारी कर्मचारीका लागि ह्वीलचियर र सहजकर्ता सेवा सुरु गरिएको छ। सरकारले यसलाई अन्य सरकारी निकायमा पनि विस्तार गर्ने तयारी गरेको छ।

काठमाडौं । सिंहदरबारभित्र रहेका सरकारी कार्यालयमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक तथा अपांगता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ता सेवा सुरु गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मुख्यसचिव सुमनराज अर्यालले उक्त सेवाको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा मुख्यसचिव अर्यालले शारीरिक अवस्थाका कारण सार्वजनिक सेवा प्राप्त गर्न वा कार्यालयमा आउजाउ गर्न कसैले पनि असहजता भोग्न नपरोस् भन्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताए। उनले सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अपांगमैत्री बनिसकेको र बाँकी कार्यालयमा पनि आवश्यक संरचना छिट्टै निर्माण गरिने जानकारी दिए।

उनका अनुसार विगतमा अपांगता भएका, अशक्त तथा ज्येष्ठ नागरिक सेवाग्राही र कर्मचारीले भोग्दै आएका पहुँचसम्बन्धी समस्या क्रमशः अन्त्य गर्दै लैजाने सरकारको लक्ष्य रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक तथा कार्यालयमा कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाइएको छ।

यसका लागि प्रत्येक ह्वीलचियरसँग एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्। उनीहरूले सेवाग्राही तथा कर्मचारीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछन्।

सरकारले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुन तथा नागरिक र श्रमिक अधिकारको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

सरकारले उक्त व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै आगामी दिनमा अन्य सरकारी निकायमा समेत विस्तार गर्ने तयारी गरेको जनाएको छ।

Leave a Reply