२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्क साम्पाङको टिप्पणी– ‘संसदीय अभ्यासमा परिपक्वता आवश्यक’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठक प्रारम्भ भएको केही समयमै स्थगित भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सामाजिक सञ्जालमार्फत संसदीय अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बैठक अवरुद्ध भएको लगत्तै फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले संसद्को कार्यसम्पादनमा परिपक्वताको कमी देखिएको टिप्पणी गरेका छन्। उनले संसद् अवरुद्ध हुनु दुःखद भएको उल्लेख गर्दै जनप्रतिनिधि चयन गर्दा मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। अन्य मुलुकहरू विकास र प्रगतितर्फ अघि बढिरहेका बेला नेपालमा संसदीय कामकारबाही प्रभावकारी रूपमा अघि बढ्न नसकेको संकेतसमेत उनले गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सो क्रममा साम्पाङले पनि हातमा प्लेकार्ड लिएर आफ्नो असन्तुष्टि प्रकट गरेका थिए।

प्रधानमन्त्री वालेन्द्र शाहले गत १७ जेठमा प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। उक्त अभिव्यक्तिको पुष्टि गर्न तथ्य प्रस्तुत गर्नुपर्ने, अन्यथा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलहरूको माग रहेको छ।

यसै विषयमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि छलफल भएको थियो। बैठकमा विपक्षी दलहरूले विवादको निकास कहिले निकालिने भन्ने प्रश्न उठाउँदै सरकारले औपचारिक जवाफमार्फत विषय टुंग्याउनुपर्ने धारणा राखेका थिए।

बुधबारको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले सोही विषयलाई लिएर सुरुदेखि नै विरोध जनाएका थिए ।

Leave a Reply