२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सुधार र विद्यार्थी हितका लागि स्ववियुले उपकुलपतिसमक्ष बुझायो २१ बुँदे सुझाव

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापासमक्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सुधारसँग सम्बन्धित २१ बुँदे माग पत्र प्रस्तुत गरेको छ।

स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा बिहीबार उपकुलपति कार्यालय पुगेको टोलीले विश्वविद्यालयको शैक्षिक सुधार, संस्थागत स्वायत्तता तथा विद्यार्थीका सरोकार सम्बोधन गर्नुपर्ने विषय समेटिएको सुझाव पत्र बुझाएको हो।

स्ववियुले विश्वविद्यालयका भौतिक संरचना निर्माण तथा पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति पनि उपकुलपतिको ध्यानाकर्षण गराएको जनाएको छ। टोलीले २०७२ सालको भूकम्पबाट प्रभावित त्रिविका कान्ति ब्वाइज होस्टलको ‘ख’ ब्लक र वनस्पति विज्ञान भवन अझै पुनर्निर्माणको प्रक्रियामै रहेको भन्दै त्यसको शीघ्र समाधान गर्न आग्रह गरेको छ।

स्ववियु अध्यक्ष जोशीका अनुसार पुनर्निर्माणमा देखिएको ढिलाइप्रति ध्यानाकर्षण गराउन प्रतीक स्वरूप सम्बन्धित भवनको तस्बिर र क्याक्टसको बिरुवा उपकुलपतिलाई हस्तान्तरण गरिएको थियो।

स्ववियुले नयाँ नेतृत्वसँग विश्वविद्यालयको समग्र सुधारका लागि सहकार्य गर्दै विद्यार्थीका माग र संस्थागत आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

Leave a Reply