काठमाडौँ । निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१-८२ प्रतिनिधि सभामा पेश गरिएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।
त्यसैगरी बैठकमा उहाँले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१-८२, राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१-८२ पनि क्रमशः पेश गरिन्।
संवैधानिक अंग वा निकायहरूको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।







