२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपालीका परिवारलाई रोजगारी र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका तथा उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति दुःख व्यक्त गर्दै उनका परिवारलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

शुक्रबार राति महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा मुगुका स्थायी बासिन्दा तथा हाल भक्तपुरमा बसोबास गर्दै आएका नेपालीको उपचारका क्रममा भएको निधनप्रति महानगरले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ।

महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउनुका साथै परिवारका सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने र उनका बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउने विषय कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको छ।

विज्ञप्तिअनुसार घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिलाई काठमाडौं महानगरपालिकाले आवश्यक तथ्य तथा विवरण उपलब्ध गराउँदै पूर्ण सहयोग गर्नेछ।

महानगरपालिकाले छानबिन समितिबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चाल्ने प्रतिबद्धतासमेत जनाएको छ।

यस्ता प्रकृतिका घटना भविष्यमा दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै आवश्यक नीतिगत तथा व्यवहारिक सुधारका उपाय अवलम्बन गर्न महानगर तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

महानगरपालिकाले घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै नागरिक तथा सरोकारवाला सबैलाई संयमित र जिम्मेवार रहन आग्रह गरेको छ।

Leave a Reply