२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

अ+ अ-

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व-पश्चिम लोक मार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार प्रदेश २-०२-००१ झ ००८२ नम्बरको सरकारी गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित त्यसमा सवार ५ जना र उपमेयर सवार गाडीका ३ जना गरी कुल ८ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि धनुषाकै रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था मध्यम र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यी हुन घाइतेहरू
१. जिल्ला धनुषा, मिथिला नगरपालिका–१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) (सामान्य)

२. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय वसन्त कुमार सिंह (सामान्य)

३. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो (मध्यम)

४. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी (पहिलेदेखि पक्षघात/प्यारालाइसिसकी बिरामी)(सामान्य)

५. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मी महतो (सामान्य)

सरकारी गाडीमा सवार घाइतेहरूको विवरण:

१. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक) (सामान्य)

२. अन्दाजी ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर (सामान्य)

३. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ७० वर्षीय भीमराज भुजेल (सामान्य)

Leave a Reply