२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका विमानस्थल हुँदै तेस्रो मुलुक जाने श्रमिकलाई पुनः सहज व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भारतका विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि लागू गरिएको व्यवस्थालाई पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका क्रममा भारतलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने श्रमिकलाई अतिरिक्त झन्झट नपर्ने गरी सहजीकरण गर्न आग्रह गरेको हो।

संघका अनुसार लामो समयदेखि खुला सिमानाका कारण भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल हुँदै श्रम स्वीकृति प्राप्त नेपाली नागरिकहरू गन्तव्य मुलुकतर्फ जाने गरेका छन्। पछिल्लो समय हवाई टिकटको मूल्य वृद्धि, उडान संख्या घट्नु तथा केही गन्तव्यमा नेपालबाट प्रत्यक्ष उडानको अभावका कारण भारत हुँदै यात्रा गर्ने अवस्था बढेको संघको भनाइ छ।

संघले नेपाल सरकारले श्रम स्वीकृति प्राप्त नेपाली श्रमिकलाई भारतका विमानस्थल प्रयोग गर्न दिने निर्णय गरेको भए पनि हाल व्यवहारमा समस्या देखिएको जनाएको छ। भारतस्थित नेपाली राजदूतावासबाट समेत श्रम स्वीकृति प्राप्त नेपाली नागरिकलाई भारतबाट प्रस्थान गर्न थप एनओसी आवश्यक नपर्ने विषयमा स्पष्ट पारिएको संघले उल्लेख गरेको छ।

विज्ञप्तिमा वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्ने दायित्व सरकार र निजी क्षेत्र दुवैको रहेको उल्लेख गर्दै श्रमिकको हितमा हुने निर्णयलाई प्राथमिकता दिन आग्रह गरिएको छ।

संघले पछिल्लो समय भारतका विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक जाने श्रमिकको विवरण माग गर्दै इजाजत पत्र प्राप्त संस्थामाथि कारबाही प्रक्रिया अघि बढाउने विषयमा वैदेशिक रोजगार विभागले चासो देखाएकोप्रति पनि ध्यानाकर्षण गराएको छ।

व्यवसायी संघले श्रमिकको हित, कानुनी व्यवस्था र व्यावहारिक अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायबीच समन्वय, संवाद र परामर्शबाट समाधान खोज्नुपर्ने धारणा राखेको छ।

संघका महासचिव हिरा बहादुर डाँगी (हरि) ले जारी गरेको विज्ञप्तिमा एकपक्षीय रूपमा गरिने निर्णयले वैदेशिक रोजगार क्षेत्रमा थप समस्या सिर्जना गर्न सक्ने उल्लेख गर्दै सरोकारवालाबीच छलफलबाट उपयुक्त निकास खोज्न आग्रह गरिएको छ।

Leave a Reply