२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीको तलब भुक्तानी सुरु

अ+ अ-

काठमाडौँ । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलबसहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ ।

गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा. योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हालेसँगै रोकिएको भुक्तानी थालिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो । कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो ।

अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो । क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा अध्यक्ष र कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । खर्च गर्ने खातामा भने कार्यकारी निर्देशक र लेखा प्रमुखले हस्ताक्षर गरेर भुक्तानी गर्न सकिने प्रावधान रहेको जनाइएको छ ।

अस्पतालमा अध्यक्ष नियुक्ति भए पनि सञ्चालक समितिका पदेनबाहेक सदस्य रिक्त छ । अर्थ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएको व्यक्ति र भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

कार्यकारी निर्देशक नेपालले दैनिक काममा अहिले बाधा नरहेको जानकारी दिए।

उनले भने “ठुला नीतिगत निर्णयका लागि सञ्चालक समितिको निर्णय आवश्यक पर्दछ । त्यसबाहेक नियमित कामका लागि अध्यक्ष र कार्यकारी निर्देशकले काम गर्न सक्दछन् ।”

अध्यक्ष चयनसँगै अस्पतालका नियमित कामहरू सहज भएको उनले जानकारी दिए । अस्पतालमा करिब ८०० चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सेवारत छन् ।

Leave a Reply