काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा अर्जुन घिमिरे नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकको निर्णयअनुसार घिमिरेलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको हो।
नवनियुक्त अध्यक्ष घिमिरेले सोमबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्ति पत्र बुझेका छन्। त्यसलगत्तै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
घिमिरेको नियुक्तिसँगै नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ नेतृत्व पाएको छ।







