२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकास्पद गाडी पार्किङ घटनाप्रति काँग्रेस नेतृ खड्काको आपत्ति, निष्पक्ष छानबिनको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँस्थित निवास अगाडि शंकास्पद ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य विनीता खड्काले आपत्ति जनाउँदै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

थापाको रातोपुलस्थित निवास अगाडि सोमबार बिहान बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको र त्यसले आवतजावतमा समेत अवरोध पुर्‍याएको सार्वजनिक भएपछि खड्काले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। यसअघि अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यस्तै प्रकृतिका गाडी पार्किङ गरिएका घटनाहरू सार्वजनिक भएका थिए।

खड्काले कुनै पनि राजनीतिक नेताको घरअगाडि शंकास्पद ढंगले गाडी पार्किङ गरी असुरक्षाको वातावरण सिर्जना गर्ने, बाटो अवरुद्ध गर्ने वा दबाब दिने गतिविधिको नेपाली काँग्रेसले घोर भर्त्सना गर्ने बताएकी छन्।

उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै घटनामा कसैको संलग्नता देखिए जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। सरकार यस्ता विषयमा मौन बसे त्यसले थप शंका उत्पन्न गर्ने उनको भनाइ छ।

खड्काले राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध वा डर देखाउने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउँदै लोकतन्त्रलाई बलियो बनाउने आधार कानुनको शासन भएको उल्लेख गरेकी छन्। प्रतिपक्षलाई धम्क्याएर होइन, विधिको शासन स्थापित गरेर मात्रै लोकतान्त्रिक व्यवस्था सुदृढ हुने उनको धारणा छ।

उनले पछिल्लो समय असहमतिलाई तर्क र संवादबाट समाधान गर्ने राजनीतिक संस्कार कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। राजनीतिक दल, सञ्चार संस्था, व्यवसायी वा सार्वजनिक जीवनका व्यक्तिमाथि डर र त्रासको वातावरण सिर्जना गर्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य विपरीत हुने उनको भनाइ छ।

यस्ता घटनाबारे उठेका प्रश्नमा सम्बन्धित निकायले तत्काल सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै उनले आलोचनाको उत्तर दबाब वा धम्कीबाट नभई तथ्य र कानुनबाट दिनुपर्ने बताएकी छन्। लोकतन्त्रमा प्रतिशोधभन्दा न्याय, डरभन्दा विश्वास र शक्ति प्रदर्शनभन्दा कानुनको शासन आवश्यक रहेको उनको भनाइ छ।

खड्काले पछिल्ला केही घटनाले नागरिकमा असुरक्षा र अविश्वास बढाएको उल्लेख गर्दै सरकारको पहिलो दायित्व नागरिकको जीवन, सुरक्षा र अधिकारको रक्षा गर्नु भएको बताएकी छन्। बिपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक मूल्यअनुसार असहमतिलाई तर्कबाट सम्बोधन गर्नुपर्ने र त्रासको वातावरण सिर्जना गर्ने प्रवृत्तिबाट सबै राजनीतिक शक्ति टाढा रहनुपर्ने उनको भनाइ छ।

0 Comments