काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको असामयिक र दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
आत्मदाहको प्रयास गरेपछि उपचाररत रहेका मण्डलको आज बिहान उपचारका क्रममा निधन भएको हो।
महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत एक शोक वक्तव्य जारी गर्दै यस दुःखद खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन् ।
‘सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज बिहान २:४० बजे भएको दुःखद निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ। यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस्।
यस कठिन घडीमा म शोक सन्तप्त परिवारको साथमा छु। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु।’ उनले लेखेका छन्
सन्तानको शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता यस कठिन घडीमा पीडित परिवारको साथमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले मृतक मण्डलका सन्तानहरूको शिक्षा/दीक्षाका लागि आफूले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।







