काठमाडौँ । जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन्।
आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले पैदल यात्रामा निस्किएका पीडितहरू निजगढ आइपुगेपछि गृहमन्त्री गुरुङ भेट्न पुगेका हुन् ।
निजगढ पुगेर गृहमन्त्री गुरुङले मिटरब्याज पीडितसँग छलफल गर्न सुरु गरेका छन्।







