काठमाडौँ । काठमाडौँको तारकेश्वरमा सञ्चालित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित २४ जनालाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित चेरी भ्याली रिसोर्ट भित्र जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रिसोर्ट सञ्चालक टोखा नगरपालिका–६ घर भएका २८ वर्षीय आश्रय शर्मासहित २४ जना रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवाको खालबाट ठुलो परिमाणमा नगद र जुवा खेल्न प्रयोग गरिने सामग्री बरामद गरेको छ।
पक्राउ परेका सबै जनालाई प्रहरी हिरासतमा राखी जुवा ऐन अन्तर्गत थप आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।







