३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केएमसीमा विना चिरफार मस्तिष्कको जटिल ‘एभीएम’ को सफल उपचार, नेपालकै पहिलो घटना भएको दाबी

अ+ अ-

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विना चिरफार सफल उपचार गरेको छ ।

कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो । पहिलेदेखि नै कलेजोको दीर्घकालीन रोगबाट पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल अचानक बेहोस भएपछि उनलाई उपचारका लागि केएमसीको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । अस्पतालमा गरिएको सीटी स्क्यानमा उनको मस्तिष्कको असामान्य स्थानमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएको थियो ।

रक्तस्रावको प्रकृति जटिल भएकाले वास्तविक कारण पत्ता लगाउन अस्पतालको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा ‘डीएसए एन्जियोग्राफी’ परीक्षण गरियो । न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको उक्त परीक्षणबाट कँडेलको मस्तिष्कमा रगत पुर्‍याउने धमनी र फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो (एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भयो । उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो ।

चिकित्सकहरूकाअनुसार एभीएम एक दुर्लभ जन्मजात विकृति हो, जुन सामान्यतया युवावस्थामै देखिने वा फुट्ने गर्दछ । ६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नुलाई अत्यन्त दुर्लभ र उच्च जोखिमपूर्ण मानिन्छ । बिरामीको अवस्थालाई दृष्टिगत गर्दै चिकित्सकहरूले परम्परागत शल्यक्रिया (टाउको खोल्ने विधि)को सट्टा न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि अपनाएका थिए । यस प्रक्रियामा तिघ्राको रक्तनलीबाट एउटा सानो क्याथेटर मस्तिष्कसम्म पुर्‍याएर स्टेन्ट र बेलुनको सहयोगले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरियो ।

जटिल उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न डा. अरुण पौडेलकाअनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक मात्र नमानी विशेषज्ञद्वारा सूक्ष्म मूल्यांकन गराउनु आवश्यक हुन्छ ।

समयमै सही पहिचान र आधुनिक प्रविधिको प्रयोगले यस्ता गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन सकिने उनले बताए ।

उपचारपछि पूर्ण रूपमा निको भएका हरिप्रसाद कँडेल र उनका परिवारले सफल उपचारका लागि चिकित्सक टोलीप्रति आभार व्यक्त गरे । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माद्वारा सञ्चालित केएमसीले यस उपलब्धिलाई नेपालको चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा लिएको छ ।

0 Comments