काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर हुँदै छ ।
अहिले केहीबेरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गर्ने तयारी भइरहेको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।
यस विषयमा आधिकारिक रूपमा अभियोगपत्र दर्ता हुने प्रक्रिया जारी रहेकाले मुद्दाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको स्रोतले जनाएको छ।







