१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

अ+ अ-

काठमाडौँ । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसंघको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०: क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स फर इन्क्लुसिभ एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयमा आज आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका हुन् । 

न्यूयोर्कस्थितसंयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार उनले दिगो विकास केवल नीतिगत उद्देश्य मात्र नभई आधारभूत मानवअधिकार भएको बताए । 

राजदूत थापाले दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गतका लक्ष्यमध्ये हाल केवल १८ प्रतिशत लक्ष्य मात्र सही मार्गमा रहेको र सन् २०३० को कार्यसूची पूरा गर्न अब चार वर्ष मात्र बाँकी रहेकाले विश्व समुदायले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

उनले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा मूलप्रवाहीकरण गरिनुपर्ने, विकास प्रक्रियामा सबैको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने तथा जवाफदेहितालाई थप सुदृढ बनाइनुपर्ने आवश्यकता औँल्याए । 

राजदूत थापाले विशेषगरी अतिकम विकसित मुलुक (एलडिसी), भूपरिवेष्टित विकासशील मुलुक (एलएलडिसी) तथा साना द्वीपीय विकासशील राष्ट्र (सिड्स) लाई अनुदान वा सहयोगका प्राप्तकर्ता मात्र नभई अन्तर्राष्ट्रिय समुदायले प्रत्याभूत गरेको अधिकारका वास्तविक हकदारका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिएको उक्त नियोगले जनाएको छ ।

0 Comments