१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु

अ+ अ-

काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३/८४ सँगै नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । 

पालिकाको वडा नं ३ ग्वाल्टारमा पार्किङसहित ३८ कोठाको नवनिर्मित भवन रु छ करोड ११ लाख ११ हजारको लागतमा तयार भएको हो ।

स्थानीय खेमबहादुर कार्कीले त्यसभवन निर्माणका लागि करिब रु एक करोड मूल्य बराबरको एक रोपनी छ आना जग्गा उपलब्ध गराएका थिए । 

पालिकाका अध्यक्ष शंकरराज बराल आफ्नै आधुनिक भवन निर्माण भएसँगै नागरिकलाई दिइने सेवा प्रवाह छिटोछरितो र सहज हुने बताए।

संघीय सरकारको अनुदान सहयोगमा विसं २०८० पुसदेखि सुरु गरिएको सो भवन निर्माणका लागि निकै प्रयास र प्रयत्न गरिएको उनले जानकारी दिए। 

स्थापनाको नौ वर्षपछि पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । आफ्नो भवन नहुँदा यसअघि पालिका भाडाको साँघुरो घरबाट सञ्चालन हुँदै आएको थियो ।

यसअघि पालिका भाडाको साघुँरो भवनबाट सञ्चालन हुँदा सेवाग्राहीलाई असुविधा भएकामा अब त्यो समस्या अन्त्य भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले भने, “नवनिर्मित भवनबाट पालिकाले नागरिकका लागि प्रदान गर्ने सबै सेवा सहज रूपमा उपलब्ध हुनेछ ।” पालिकाले नयाँ प्रशासनिक भवनसम्म पुग्ने सडक कच्ची रहेकाले पक्की बनाउन नाम नक्सासहितको योजना अगाडि बढाएको छ ।

त्यसपालिकाअन्तर्गतका १, ४ र ७  नं वडा कार्यालय भवन पनि नयाँ निर्माण भइसकेका छन् । स्वास्थ्य केन्द्रसहित विभिन्न कार्यालयका आधारभूत नयाँ भवनसमेत त्यस पालिकामा निर्माण भइसकेको छ । 

गोलन्जोर गाउँपालिकालाई सरकारले ‘जुनार सुपर जोन’ क्षेत्र घोषणा गरी त्यसलक्षित विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । पालिकाले आफ्ना सबै वडा र गाउँमा सडक, विद्युत्, खानेपानीलगायत क्षेत्रमा पहुँच विस्तार गरेकामा अब त्यसको स्तरोन्नति र सडक कालोपत्रका कार्यक्रम अघि बढाएको छ ।

0 Comments